महोत्तरी – महोत्तरीमा लागु औषध सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

महोत्तरीको औरही नगरपालिका ४ स्थित अस्थाई प्रहरी पोष्ट कटुधारको टोलीले चेकजाँच गर्ने  क्रममा सम्सी माईस्थान सडक खण्डमा खोज तलास गर्दा गौशाला नगरपालिका ८ का विवेक कार्की र गौशाला ९ का राकेश साहलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

 

कार्कीको साथबाट प्रहरीले नाईटाभेट ट्यावलेट १४ पिस,स्पास्मो प्रो ट्यावलेट ८ पिस र साहको साथबाट नाईटाभेट ट्यावलेट २ पिस र स्पास्मो प्रो ट्यावलेट ३ पिस बरामद गरेको हो ।

परिमाण थोरै भएकोले उनीहरु सेवनकर्ता मात्र हुन सक्ने देखिएपनि अनुसन्धानले थप खुल्ने प्रहरीले जनाएको छ।