मधेशटप फागुन १३ गते ।

बिभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् ।

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् ।

विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।