मधेशटप फागुन १३ गते ।

महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नं। ९ बस्ने २३ वर्षीय राकेश साह रहेका छन् ।

कार्कीको ज्याकेटको गोजीबाट लुकाई छिपाई राखेको प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रो।ट्याब्लेट ८ पिस र साहको गोजीमा रहेको नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रो।ट्याब्लेट ३ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

बुधबारको साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका वडा नं ।४ स्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले शंकाको आधामा चेकजाँच गर्दा पैदल यात्री दुबैजना लागूऔषधसहित पक्राउ परेका हुन् ।