मधेशटप फागुन १३ गते ।
महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास जलेश्वर सडक खण्ड अन्तर्गतमा पर्ने औरही नगरपालिका वडा नं। २ को सडक खण्डमा एक बालिकालाई मोटरसाईकलले ठक्कर दिँदा बालिका गम्भिर घाइते भएकी छिन् ।
शुक्रवार विहान करिव ९ बजेतिर सडक छेउबाट जादै गरेकी ६ वर्षीया बालिका सुदा सदा लाई बर्दिवास नगरपालिका १२ बस्ने बैजनाथ महतोले चलाएको मोटरसाईकलले ठक्कर दिँदा बालिका गम्भिर घाइते भएकी हुन् ।
घाईते बालिका र मोटरसाईकल चालकको उपचार औरही नगरपालिका १ स्थित औरही बजारमा रहेको राधाकृष्ण क्लिनिकमा उपचार भईरहेका छन्
भने बालिकाको उपचार त्यहा सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि जनकपुरको रामा मेमोरियल हस्पीटल एण्ड रिसर्च सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ।
बालिकाको दाहिने खुट्टा फ्र्याक्चर र टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post