मधेशटप फागुन १३ गते ।

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।‘

जाहेरी दर्तापछि उहाँलाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको छ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जनाइएको छ