मधेशटप डेस्क,फागुन १४

जनकपुरधाम  ;प्रहरी प्रधान कार्यालयले प्रहरी भर्नाका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

संविधान अनुसार प्रहरी समायोजन नगरी संघीय सरकारले गरेको विज्ञापन रोक्न अन्तरिम आदेश मागगर्दै मधेश प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा सूचना मन्त्री भरत साहले सर्वोच्चमा मुद्दा गरेका हुन् ।

अन्तरकालिन आदेश जारीगर्दै सर्वोच्च अदालतका न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले दुबै पक्षलाई छलफलका लागि फागुन १५ गते बोलाएको छ ।

सर्वोच्चमा अदालतमा शुक्रवार भएको बहसपछि न्यायाधीश भट्टराईले अन्तरकालीन आदेश जारी गरेका हुन् ।

प्रदेश सरकारले मधेश प्रदेश सभामा संघीय सरकार विरुद्ध संकल्प प्रस्ताव समेत दर्ता गरेको छ ।