मधेशटप डेस्क,फागुन १४

सन्तोष श्रेष्ठको स्वर र संगीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ बिटको उक्त गीत सन्तोष श्रेष्ठसँगै अस्मिता अधिकारीले पनि गाएकी छन् ।

गीतका शब्द साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’का हुन् ।

म्युजिक भिडियोमा हरिश निरौला कक्रोज सुमन ज्योति ल्याग्री दादा पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ ।

भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।