मधेशटप डेस्क,फागुन १४

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ ।

पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए ।

मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल भीरबाट खसेको भएपनि घटनाबारे तत्कालै कसैलाई खबर भएको थिएन ।

प्रहरीले अहिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको थापाले बताएका छन ।

थापाका अनुसार, पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको छ भने उनी चढेका बाइक त्योभन्दा ५० मिटर तल खसेको छ ।

पौडेल फेदीखोला गाउँपालिका निवास हुन् ।