मधेशटप डेस्क,फागुन १५ गते

बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण चलचित्र घर, ग्वार्कोमा प्रदर्शनमा आएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्म राजेन्द्र शाक्य दिजेन्द्रले निर्माण गरेका हुन् ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्मा शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरण सायमी लगायतको अभिनय समेटिएको फिल्म गुण समूहले निर्माण गरेको हो ।

निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताएका छन ।यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो ।

दुवै फिल्मको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे ।

लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् ।

रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण वंंशीले गरेका हुन् ।