मधेशटप डेस्क,फागुन १५ गते

रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ ।

जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको जनाएको छ ।

यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् ।

यसअघि नै एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस्तै निर्णय गरिसकेका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणको जर्मनीले निन्दा गर्दै संघर्ष वा युद्धग्रस्त क्षेत्रमा हतियार निर्यात नगर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको छ ।

युक्रेनका राष्ट्रपतिले जर्मनीको यो नीतिको सह्राना गरेका छन् रुसले युक्रेनलाई आक्रमण गरेको तेस्रो दिन पश्चिमी देशहरूले हतियारसँग सम्बन्धित सहयोगको वचन दिएका छन् ।