मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौं ; दक्षिण भारतीय फिल्मलाई लिएर भारतको दक्षिणी प्रान्तमा मात्र नभएर भारतका अन्य क्षेत्रसँगै अन्य देशमा पनि दर्शकको ‘क्रेज’ छ।

बलिउडमा जस्तै दक्षिण भारतीय फिल्ममा पनि करोडौं रकम निर्माणमा खर्च हुन्छ भने फिल्म रिलिज भएपछि यिनीहरुले आम्दानी पनि सोही मात्रामा गरिरहेका हुन्छन्।

२४ फेब्रुअरीमा प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘भलिमाई’ले पनि राम्रो आम्दानी गरेको छ। फिल्म प्रदर्शनमा आएको चोथौ दिनसम्म फिल्मले संसारभरबाट प्रदर्शन हुँदा सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।

फिल्मकी अभिनेत्री हुमा कुरेसीले सामाजिक सञ्जालमार्फत फिल्मले सय करोडभन्दा धेरै आम्दानी गरेको जानकारी दिएकी छिन्।

१५० करोडको लगानीमा बनेको फिल्मलाई जी स्टुडियोले निर्माण गरेको हो। फिल्ममा अजित कुमारसँगै जान्ह्भी कपुर, हुमा कुरेशी लगायतका कलाकारको अभिनय रहेको छ।