मधेशटप डेस्क,फागुन १५ गते

संसदमा आज एमसिसी पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

यसअघि एमसिसी विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।‘

अहिले त्यस क्षेत्रमा २४०० हाराहारीमा प्रहरी खटाइएको उनले बताएका छन।

अहिले स्थिति सामान्य नै रहेको उनले बताए।

आजै दुइटा बैठक बसेर एमसिसी पारित गर्ने सरकारको तयारी छ।फागुन ८ गते एमसिसी सदनमा टेबल भएको थियो। एमसिसीको विरोधमा प्रदर्शन हुँदै आएका छन्।