मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौँ युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ।

फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ।युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ।

रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन।