मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौं ; अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा पनि बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। नाबालिक गायिकलाई बलात्कार गरेको आरोपमा उनको परिवारले आइतबार शाहविरुद्ध नवलपुरमा अर्को जाहेरी दर्ता गराएको हो।

फकाई नवलपुरमा गत वर्षको चैत ७ गते बलात्कार भएको भन्दै जाहेरी दर्ता गराइएको छ। शाहविरुद्ध बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिकामाथि करणी बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणीको कसूरमा जिल्ला अदालतबाट म्याद लिइ शाहविरुद्ध अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ।