मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौं  ; एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ।

आइतबार आत्मसमर्पण गरेसँगै म्याद थपका लाथि तनहुँ जिल्ला अदालत पुर्‍याइएकोमा अदालतले ७ उनलाई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

अदालतको अनुमतिपछि अब जिल्ला प्रहरी कार्यालय तहुँले उनीमाथि बलात्कार कसूरको अनुसन्धान अघि बढाउने छ।

 

नाबालिग गायिकलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। त्यसको चार दिनपछि शाह आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

उनी प्रहरी कार्यालयमा उपस्थित भएकै दिन इलाका प्रहरी कार्यालय नवलपुरमा अर्को जाहेरी दर्ता भएको छ।

नाबालिग गायिकको परिवारले ललाई फकाई नवलपुरमा गत वर्षको चैत ७ गते बलात्कार गरेको भन्दै जाहेरी दर्ता गराएको हो।