मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौं  ; साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज सेयर बजार मापक परिसूचक ७७३ अंकले घटेको छ। गत साता समग्र नेप्से सूचक २५० प्रतिशतले घटेको थियो।आज नेप्से ७७३ अंकले घटेर २६५३७० बिन्दुमा झरेको छ। यसैगरी आज तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।आज कारोबारमा आएका १३ समूहमध्ये दुई उपसमूहको मात्र सेयर मूल्य बढेको छ। बाँकी उपसमूहको सेयर मूलय घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्सेले जानकारी दिएको छ।नेप्सेका अनुसार आज सबैभन्दा धेरै गुमाउने उपसमूह उत्पादन तथा प्रशोधन समूह रहेको छ। यस समूहको सेयर मूल्य आज १।०९ प्रतिशतले घटेको छ।

यसैगरी, सबैभन्दा धेरै कमाउने समूह जलविद्युत कम्पनी समूह रहेको छ। यस समूहको लगानीकर्ताको सेयर मूल्य यसदिन १।०४ प्रतिशतले बढेको छ।

 

आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमोटर सेयर हुने लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका प्रमोटर सेयर हुने लगानीकर्ताले ५।८८ प्रतिशतले कमाएका छन्।

आज सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज आफ्नो सेयरको ४।५८ प्रतिशत मूल्य गुमाएका छन्।