मधेशटप समाचारदाता,

निरन्जन कुमार साह,

महोत्तरी :  महोत्तरीको गौशाला नगरपालिकामा एक किशोरी बलात्कृत भएकी छिन ।

गत फाल्गुन १ गते गौशाला नगरपालिका वडा न.४ स्थित एक किशोरी माथि ५ जना समूहका व्यक्तिहरुले करनी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।

किशोरीलाई करनी गरिरहेको बखतमा स्थानीयहरुले देखेपछी प्रहरिलाइ खबर गरेका थिए आरोपी ५ जना व्यक्तिहरु मध्य ३ जनालाई पक्राउ गरिएको र २ जना फरार रहेको प्रहरीले जनाएको छ ।

घटनालाइ ढाकछेप गर्नको लागि एक स्थानीय राजनीतिकर्मीले पीडक पक्षको आमाबुबा संग १ लाख देखि ५ लाख सम्मको पैसा माग गरेको खुलेको छ ।

पीडकको आमा बुबाको भनाइ अनुसार “मलाई पैसा दिनुस म त्यो केटिलाई मारेर घरमै गाडीदिन्छु र केटीको आमालाइ केहि पैसा दिई घटना लुकाई दिन्छु “भन्दै लोभ प्रलोभन दिएका छन् ।

लोभ प्रलोभन दिएपछी पीडकको आमाबुबाले घटना बाहिर ल्याएका हुन् । करनी गर्नेमा २ जना नाबालक र ३ जना बालक रहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।