मधेशटप डेस्क,फागुन १६ गते

काठमाडौंको कमलाक्षीबाट प्रहरीले दुईजना बन्दकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको बागमती प्रदेश सचिव सुरेश श्रेष्ठ र सदस्य सर्जित बज्राचार्य छन् ।

असन र कमलाक्षी क्षेत्रमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएकम छन।

उनीहरुलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको प्रहरीले जनाइएको छ ।