मधेशटप डेस्क,फागुन १६ गते

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि कुकर बम फेला परेको छ ।बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गराइएको बताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् ।

बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।

यसअघि सोमवार विहान काभ्रेको बनेपामा पनि शंकास्पद वस्तु फेला परेको थियो ।