मधेशटप डेस्क,फागुन १६ गते

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले आइतबारसम्मको प्रदर्शनबाट १ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको छ।

फिल्मको निर्माण पक्षकाअनुसार फिल्म प्रदर्शन भएको दुई दिनमै देशभरको प्रदर्शनबाट १ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको छ।

शुक्रबार प्रदर्शनमा आएको फिल्मको प्रदर्शनको सुरुवात सुखद भएको थियो। पहिलो दिनमा फिल्मले देशभरबाट ७० लाख रुपैयाँको आम्दानी गरेको छ।

त्यस्तै, शनिबारको प्रर्दशनबाट फिल्मले १ करोड १० लाख रुपैयाँको आम्दानी गरेको छ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पुजा शर्मा र थापाको लगानीमा बनेको फिल्म हो।

निर्देशक थापाकै कथामा बनेको फिल्ममा पुजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेका छन्।