मधेशटप डेस्क,फागुन १६ गते

काठमाडौं  ;  एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार बिहान फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

प्रेममा आधारित रहेको फिल्ममा विक्रम डी जोशी, प्रियंका कार्की र दिपीका प्रसाईं मुख्य भूमिकामा छन्।

त्यस्तै, फिल्ममा विक्रान्त बस्नेत, विल्सन विक्रम राई, निर्देशक बोहोरालगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथालाई निर्देशक बोहोरा र बिक्रम डी जोशीले लेखेका हुन्।

फिल्ममा सिर्जना जोशी महर्जनको लगानी रहेको छ। फिल्म आगामी चैत्र ११ गतेदेखि देशभर प्रदर्शन हुने फिल्मको निर्माणपक्षले जनाएको छ।