मधेशटप डेस्क,फागुन १६ गते

काठमाडौं ;  बलिउड अभिनेत्री विद्या बालनको आगामी फिल्म ‘जलसा’ १८ मार्चमा रिलिज हुने भएको छ।

बालन र शेफाली शाह मुख्य भूमिकामा रहेको फिल्म अमेजोन प्राइममार्फत १८ मार्चमा प्रदर्शन हुने भएको हो।थ्रिलर विधाको यो फिल्मलाई सुरेश त्रिवेणीले निर्देशन गरेका छन्।

यो फिल्ममार्फत अभिनेत्री बालनले ओटिटीमा डेब्यु गर्दैछिन्। फिल्मलाई भुसन कुमार र कृष्ण कुमारले संयुक्त रुपमा निर्माण गरेका हुन्।

फिल्ममा विलन र शाहसँगै रोहिनी हट्टानगडी, इक्वाल खान, विद्यार्थी बन्दी, श्रीकान्त मोहनलगायत कलाकारको अभिनय रहेको छ।