मधेशटप डेस्क,फागुन १६ गते

आज नेपाल–भारतबीच रासायनिक मल खरिद सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर हुन लागेको छ ।

भर्चुअल माध्यमबाट हुने सो सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ ।

यो सम्झौता पाँच वर्षका लागि हुने जनाइएको छ ।

सम्झौताअनुसार पहिलो वर्ष एकलाख पचास हजार मेट्रिकटन मल खरिद हुन्छ भने त्यसपछि प्रत्येक वर्ष त्यसमा १० प्रतिशतले वृद्धि गर्दै जाने कृषि मन्त्री महिन्द्रराय यादवले जानकारी दिएका छन।