मधेशटप डेस्क,फागुन १६ गते

बलिउड लाइफका अनुसार तीन दिनमा यो फिल्मले सय करोड भारू बढी कमाइसकेको छ।एच विनोदको निर्देशनमा बनेको भलिमाइ दक्षिण भारतीय मात्र होइन, पूरा भारतमै बहुप्रतिक्षित फिल्म थियो। केही वर्षअघि नै निर्माण सुरू भए पनि विभिन्न कारणले यसको रिलिज मिति सरेको सर्‍यै भयो। अहिले आएर यसले प्रतीक्षाको फल पाएझैं देखिन थालेको छ।

तीन दिनमा सय करोड कमाउन सफल अजितको यो पहिलो फिल्म हो। समीक्षकहरूका अनुसार भलिमाइको यो सफलता पनि अजितकै लोकप्रियताका कारण हो।

फिल्म अहिले बल्ल चौथो दिनमा चल्दैछ। यसको रफ्तार हेर्दा अझै धेरै कमाउने अनुमान छ।

पछिल्लो समय दक्षिण भारतीय फिल्महरूले पूरा भारतीय बजारमा राम्रो छाप छाड्दै गएका छन् भने बलिउड फिल्महरूलाई टक्कर पनि दिन थालेका छन्।