मधेशटप डेस्क,फागुन १६ गते

काठमाडौं  ; काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अघिल्लो दिन सोमबार चहपल बढेको छ।महाशिवरात्रिको अघिल्लो दिन अघिपछि भन्दा भक्तजन र साधुसन्त तथा बाबाहरुको उपस्थिति बढी देखिएको हो।

शिवरात्रिको अवसरमा नेपालसहित भारतबाट साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ।

यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ मृगस्थली अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।

यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्।

कतिपय रातभर उपवास गर्छन्। शिवलिंगमा जल र बेलपत्र चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रअनुसार रात्रिहरू चार प्रकारका हुन्छन्– कालरात्रि महाअष्टमीको रात्रि, मोहरात्रि कृष्णजन्माष्टमीको रात्रि, महाशिवरात्रि, शिवरात्रि दारुणरात्रि होलीपूर्णिमाको रात्रि।

भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्वको रुपमा हिन्दूधर्मावलम्मीहरुले महाशिवरात्रि पर्व मनाउने गरेका छन्।

शिवपुराणका अनुसार फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए।