मधेशटप डेस्क, फागुन १८गते ।

सुनसरी   सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्रांगणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।