मधेशटप डेस्क, फागुन १८गते ।

लालगढ ; धनुषाबाट सखुवाको ट्याक्टर काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिथिला नगरपालिकाको लालगढस्थित सव डिभिजन वन कार्यालयले वडा नं ८, कुसुमविछौनाबाट सोमबार २६ ४७ क्यूफिट तीन थान सखुवाको गोलियासहित प्रदेश २–०३–०१५ प १६४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

कुसुम विछौनास्थित सार्वजनिक स्थानमा भएको एउटा सखुवाको रुख तस्करहरुले कटान मुछान गरी ट्याक्टरमा लोड गर्ने क्रममा काठसहित ट्याक्टर नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय लालगढका अधिकृत मदन चौधरीले बताएका छन ।

सखुवा रुख कटान गरेको खबर प्राप्त भएपछि वन रक्षकसहितको टोली कटानस्थल पुग्दा तस्करहरु ट्याक्टर र मोटरसाइकलसमेत छोडेर फरार भएको उनले बताएका छन ।

कटानमुछान गरिएको सखुवाको काठ, ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान आवश्यक कावारहीका लागि सव डिभिजन वन कार्यालय धनुषामा पठाएको अधिकृत चौधरीले जनाइएको छ ,।