मधेशटप डेस्क, फागुन १८गते ।

अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले फिल्म ‘सुखी’ को सुटिङ सुरु गरेकी छन् ।  शिवरात्रिको अवसर पारेर मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको हो ।

‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ जस्ता समीक्षकबाट तारिफ पाउन सफल फिल्मका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणमा टीसीरीज समेत जोडिएको छ ।

फिल्मको निर्देशन सोनल जोशीले गर्दैछन् । जोशी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । रोमान्टिक बिषयमा फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा शिल्पाको मुख्य भूमिका छ ।

पन्जाबबाट छायाङ्कन सुरु भएको फिल्मको निर्माता भुषणकुमार, कृष्णकुमार, बिक्रम मल्होत्रा र शिखा शर्मा हुन् ।