मधेशटप डेस्क, फागुन १८गते ।

काठमाडौं ; काठमाडौं महानगरपालिका ४ विशालनगरमा मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गण्डकी नगरपालिका ५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज ५ बाँकेका गणेश क्षत्री छन् ।

विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान घडी चोरी गरेको आरोपमा सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता दिनेश आचार्यले बताएका छन ।

उक्त पसलमा गत माघ १० गते चोरी भएको थियो ।प्रहरीले उनीहरूको साथबाट ८ थान नयाँ मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान घडी, एक थान गितार र एक थान पावर बैंक बरामद जनाइएको छ ।

उनीहरूलाई महानगरीय अपराध महाशाखाले बुधबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको प्रवक्ता आचार्यले बताएका छन ।