मधेशटप, फागुन १९ गते ।

जनकपुरधाम : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ३ जनाले धनुषाको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराए संगै शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

पार्टीको निर्वाचन तालिका बमोजिम बिहिबार जनकपुरधाम स्थित कांग्रेस पार्टि कार्यालयमा देउवा पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट वर्तमान जिल्ला उपसभापति समेत रहेका संतोष यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियार र पूर्व संविधान सभा सदस्य समेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि पक्षधर हुन । प्रसैला शेखर कोइराला पक्षधर हुन् ।

देउवा पक्षका उम्मेदवारका यादवलाई पार्टीका प्रभावशाली नेता तथा सहमहासचिव महेन्द्र यादव, पूर्व सांसद आनन्द ढुंगाना, सांसद स्मृति नारायण चौधरी र पार्टीको मधेस प्रदेश अध्यक्ष कृष्ण यादव सक्रिय छन् । उनीहरुको सक्रियताले देउवा पक्षलाई बलियो बनाएको कांग्रेसीजनको धारणा छ ।

उपसभापतिमा ६ जना भिड्दै
जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन ।

सचिवमा ९ जनाको उम्मेदवारी, शिवशंकर बलियो

कांग्रेसको धनुषा सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । सचिवका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत(साधु), दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

शिवशंकर गोईत (साधु) देउवा पक्षका बलिया उम्मेदवार हुन् । गोईत कांग्रेसका महासचिव गगन थापाका विश्वास पात्र मानिन्छ । गोईतले देउवा पक्षबाट सचिवमा उम्मेदवारी दिए संगै सभापतिका उम्मेदवार संतोष यादवलाई झन सहज बनाएको कांग्रसका नेताहरु बताउँछन् ।

सहसचिवमा ६ जना

कांग्रेस धनुषाको सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र साकिर राइन लगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।