काठमाडौं । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको छ । पपुपाका पृथकतावादीहरूले उनीहरूको हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिनु भएका  छन् ।

 

मारिएकाहरू प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन् । सो कम्पनीको टावरलाईसमेत असर पार्ने गरी उनीहरूले आक्रमण गरेको जनाइएको छ । सरकारी अधिकारीहरूले खराब मौसमका कारण उनीहरूलाई उद्धार गर्न नसकिएको जानकारी दिनु भएका छन् ।

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरू पुग्न कठिन भएको बताइएको छ । ‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौं, अनुकूल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरूलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भन्नुभयो ।

आफूहरूले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उहाँहरूको भनाइ छ ।