मधेशटप डेस्क, 

जनकपुरधाम। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बुद्ध एयरबाट पहिलो फ्लाइटमा उद्घाटन स्वरुप जनकपुरधाममा  आईपुग्नु भएको छ ।

आजबाट संञ्चालनमा आएको जनकपुरधमा पोखरा उडानबाट मुख्यमन्त्री नेपाली जनकपुरधाम आईपुगेका छन ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको विशेष आमन्त्रनमा उहाँ जनकपुरधाम भ्रमण गर्न तिन दिनका लागि आउनुभएको हो ।

मुख्यमन्त्री  नेपालीसंगै गण्डकी प्रदेशका अर्थमन्त्री लगायतका विशिष्ट अधिकारीहरु पनि उहाँ संगै जनकपुरधाम आएका हुन ।

मुख्यमन्त्री नेपाली, धनुषाको  धनुषाधाम, जानकी मन्दिरका  साथै, जनकपुरधाम जयनगर रेलको अवलोकन समेत  गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलमा मुख्यमन्त्री नेपालीले संचारकर्मीहरुसंग संक्षिप्तमा बोल्दै जनकपुरधाममा आएकोमा अत्यन्त खुसी लागेको   महसुस भयो भने  बताउनुभयो ।

उहाँले भन्नु भयो  आब मधेस प्रदेश र गण्डकी प्रदेशको पर्यटकीय सम्बन्ध अझः बढी  मजबुत हुने र विकासको नयाँ आयम दुबै प्रदेशमा थपिने विश्वास समेत  व्यक्त गर्नुभयो ।

सो स्वागतमा मधेश प्रदेशका वन मन्त्री शत्रुधन महतो, भौतिक पुर्वाधार तथा यातायात मन्त्री  राम सरोज यादवको नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा सम्मान गर्नु भयो ।