जनकपुरधाम, फागुन २२ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले देश र प्रदेशको समग्र समृद्धि र विकासको एक मात्र मुहान गुणस्तरीय शिक्षा रहेको कुरा बताउनुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ को श्री उच्च माध्यमिक विद्यालय देउरी परबाहा मा बिधालय भवनको शिलान्यास गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले प्रदेशको शैक्षिक अवस्था सुधारका लागि शिक्षा सुधार अभियान अति आवश्यक रहेको कुरामा जोड दिनुभयो।
उहाँले ७५ बर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी कम्युनिष्टको लामो समयसम्म रहको शासनले सामुदायिक विद्यालयहरु को शिक्षा अवस्था जर्जर भएको आरोप लगाएका छन्। प्रदेश सांसद यादवले शिक्षा सुधार अभियान अन्तर्गत मधेश सरकार को सहयोगमा श्री उच्च माध्यमिक विद्यालयमा ३० लाखको लागतमा भवन निर्माण को कार्य शुरु भएको कुरा बताउनुभएको छ।
विधालय का प्राधानाध्यापक शशी कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल का संघीय परिषद सदस्य ई विजय मंडल, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, वार्ड अध्यक्ष अमित यादव, नगर अध्यक्ष कमलदेव मंडल, युवा नेता गोकुल मंडल सचिव लालबहादुर यादव, सह सचिव भरत यादव, विधालय व्यवस्थापन समिति का पुर्व अध्यक्ष दिनेश यादव सहित का वक्ता हरुले शिक्षा सुधार सम्बन्ध मा धारणा व्यक्त गरेका छन्।
सो कार्यक्रममा प्रदेश सांसद यादवद्वारा शिक्षा प्रेमी पुर्व गाविस अध्यक्ष हरु देवचन्द्र यादव,बतहु यादव,देवन यादव, शिक्षा प्रेमी जेष्ठ नागरिक गंगा प्रसाद रजक,गगनदेव पासवान,मरनी देवी इमादी कवारी, समुद्री देवी सहित स्थानीयहरूलाई सम्मान गरिएको छ।
सो शिलान्यास कार्यक्रममा जसपा नेपाल औरही गाउँ पालिका का नगर उपाध्यक्ष द्वय लक्ष्मेश्वर यादव, राम चरित्र यादव,सह सचिव रहमद राईन, युवानेताहरु शंकर साह, सरोज मंडल,अनिल ठाकुर,राम ह्रदय यादव, ट्रेड युनियन महासंघ के उदय चन्द्र मिश्र, लक्ष्मी मुखिया,ललित साह, दलित नेता देवनारायण दास, अमित यादव, वार्ड शम्भुनाथ झा सहित स्थानीय शिक्षा प्रेमी हरुको सहभागिता रहेका थियो।