मधेशटप डेस्क,फागुन २३ गते ।

जनकपुरधाम : धनुषाको जिल्ला लक्ष्मीनियाँ गाउँपलिका वडा न. ७ मा आयोजित क्रिकेट  प्रतियोगिता सञ्चालन भएको छ ।लक्ष्मीनियाँ गाउँपालिका द्वारा संचालित गाउँपालिका स्थरिय शहिद दिलिप यादव स्मृति क्रिकेट प्रतियोगिता  सोमवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ वडा अध्यक्ष गंगा साहको अध्यक्षतामा आयोजित कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख अथिति लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष बिन्देस्वर साहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

 

 

 

 

उद्घाटन कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्वर ६ र ७ का अध्यक्ष  उमेश कुमार यादव  र गंगा साह , लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिशंकर यादव  लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो।  सो प्रतियोगितामा १६ वटा टिम सहभागीता छ ।