सर्लाही : सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित ढेङग्रापुल नजिकै फागुन २२ गते राती भएको दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

हरिपुबाट मलंगवातर्फ जाँदै गरेको बा ४१ प ९२७७ नम्बरको मोटरसाईकले सोही दिशा तर्फबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा सर्लाही जिल्लाको कविलासी नगरपालिका १० बस्ने २२ बर्षिय लक्ष्मण राम, २० बर्षिय अनिल चौधरी र २०
बर्षिय श्याम लाल घाइते भएका थिए ।

सो दुर्घटनाबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फरहदवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल मलंगवातर्फ पठाएको छ ।