जनकपुरधाम, फागुन २५ । मुख्यमन्त्री लालबाबु राउतले मिथिला नपाको ढल्केवरमा नवनिर्मित रेयुकाई एईको मसुनागा आँखा अस्पतालको निरीक्षण गर्नु भएको छ ।

हिजो बाट मात्रै संचालनमा आएको उक्त अस्पताल पुगी मुख्यमन्त्री राउतले अस्पतालको व्यवस्थापन र अगामी कार्ययोजना बारे जानकारी लिनु भएको थियो ।

मुख्यमन्त्री राउतले रेयुकाई र नेपाली सेनाको संयुक्त पहलमा चलाइएको मोतियाविन्दु न्युनिकरण अभियान अन्तर्गत छनौट गरिएको मोतियाविन्दुका रोगीहरु संग भलाकुसारी समेत गर्नु भएको थियो ।

अस्पतालमा शिविर मार्फत आएका करिब २०० रोगीहरुको शल्यक्रिया समेत गरेको छ ।