उमेश कुमार साह: सप्तरी, ३० फाल्गुन ।             सप्तरी स्थित बोदे बर्साईन नगरपालिकाको भ्याट बाहेक ५ करोड ९७ लाख ३१ हजार ५ सय ११ रुपैयाँ लागत रहेको आधुनिक सुबिधा सहितको चार तल्ले प्रशासनिक भवनको बोदे बर्साईनमा आज उद्घाटन गरिएको छ ।

सप्तरीमा नयाँ गठित नगरपालिकाहरु मध्ये बोदे बर्साईनको प्रशासनिक भवन निर्माण दोस्रो रहेको बताइएको छ ।

बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले आज बोदे बर्साईनमा आयोजित एक कार्यक्रमको बीच स्काई लाइट, वाटर पार्क तथा लिफ्ट सहितको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रम मार्फत नगर प्रमुख सिंहले बोदे बर्साईन नगरपालिकाले अलिक ढिलो हुदा पनि समय भित्र प्रशासनिक भवन संचालनमा ल्याएकोमा खुशी लागेको बताउनुभयो । नगर प्रमुख सिंहले भने प्रशासनिक भवन संचालन पुर्ण रुपमा तयारी हुन् अझ केही समय लाग्न सक्ने बताएका छन। लिफ्ट तथा केही आधुनिक मेसिनरी कुरा सम्पन्न हुन अझ समय लाग्ने बताएका छ्न।

करिब १० कठा क्षेत्रफलको कम्पाउण्ड अन्तर्गत एक कठा भन्दा बढी क्षेत्रमा ठडिएको प्रशासनिक भवनमा ३० कोठाहरु, १५ ओटा चर्पी र ९ ओटा युरिनलहरु रहेका छन् । नगरपालिकाका इन्जिनियर बिनोद साहका अनुसार भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी, महिला तथा अपाङ्गमैत्री छ । उहाँले भन्नुभयो–“सबै कोठामा पर्याप्त उज्यालो होस् र हावा छिर्ने खालको होस् भनेर स्काइ लाइट प्रविधि अपनाएर भवन निर्माण गरिएको छ ।”
“स्तनपान गराउने महिला सेवाग्राहीहरुलाई सजिलो होस् भनेर स्तनपान कक्ष निर्माण गरिएको छ ।”इन्जिनियर साहले भन्नुभयो–“यहाँ व्यवस्थित तरिकाले नाला बनाइने छ, पानी परेको दस मिनेट भित्र कम्पाउण्डमा जमेको पानी बगेर जाने किसिमले बनाउन केही दिन अझ लाग्न सक्छ भने बताए ।”
भवनको तेस्रो तल्लामा नगरप्रमुख, उपप्रमुख, सभा हल , क्वाटर रुम रहेको छ भने , दोस्रो र पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा तथा कम्प्युटर शाखाको लागि कोठाहरु व्यवस्था गरिएको छ ।

पहिलो र दोस्रो तल्लामा नगरपालिकाको सबै विषयगत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा योजना शाखाको लागि कोठाहरु व्यवस्था गरिएको छ । सबै भन्दा माथिल्लो तल्लामा करिब ९० वर्ग मिटर क्षेत्रफलको सभा कक्ष बनाइएको छ । कम्पाउण्ड भित्र क्यान्टिन, सुरक्षा गार्ड बस्ने घर र कम्तीमा ५० ओटा दुई पांग्रे सबारी पार्किङ्ग सहितको व्यवस्था हुन केही समय लाग्ने बताएका छन ।

साथै बोदे बर्साईन नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवनको सभाहलमा नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ ।

सभाध्यक्ष सिंहले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुले आ–आफ्नो धारणा राखे । सभामा पालिकाका जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।

कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताए । तरपनि सिमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरुको भनाई छ । नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख सिंह र उप–प्रमुख रन्जु कुमारि साहको समेत उपस्थिति रहेको थियो। अन्य केही कार्यमा बेस्ट भएको हुदा उप-नगर प्रमुख साहले अरु ठाउँ जानू पर्ने बताएका छ्न। नगर प्रमुख सिंहले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामहरुको बारेमा जानकारी गराएका छन् । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले मन्तब्यमार्फत नगरसभाका सदस्यहरुलाई स्वागत गरेका थियो ।

२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । ०७४ असार १४ गते भएको निर्वाचनबाट बोदे बर्साईन नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् । उनीहरुको पाँच बर्षे कार्यकाल सकिन लागेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो । आठौं नगर सभामा बोदे बर्साईन नगरपालिकाको वडा अध्यक्षहरु , वडा सदस्यहरु , कार्यपालिका सदस्यहरु तथा बोदे बर्साईन नगरपालिकाको कर्मचारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।