जनकपुरधाम : मिथिला मध्यमा परिक्रमाको १२ औं दिनमा भारतको  करुणामा  मंगलबार करुणा पुग्ने भएको छ ।

यस अघि सोमबार परिक्रमका यात्रीहरुले औरहीमा विश्राम गरेका थिए । धनुषाको मिथिलाविहारी नगरपालिका–८ को कचुरी स्थितमा रहेको मिथिला विहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट  किशोरीजीको डोलाको  प्रारम्भ हुने १५ दिने  यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक ठाउँहरुमा विश्राम गर्ने गरेका छन् ।

बिहारको भारतमा  कल्याणेश्वर स्थानबाट संकल्प  लिएका सुरु हुने परिक्रमा यात्रा सुरु  दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कंचनवन र  धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको थियो।

त्यस पछि पुनः भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागुन  पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम आएर अन्तरगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।

मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका लाखौ यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् ।