जनकपुरधाम, २९ फागुन । स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहा नगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिने धेरैको नाम चर्चामा छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट विष्णुदेव साह वा पुनः लालकिशोर साहले उम्मेदवारी दिने चर्चा छ भने जनता समाजवादी पार्टीबाटै अलगिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट धेरैको नाम आईरहेको छ । तर ती मध्ये प्रदेश साँसद परमेश्वर साहको चर्चा बढी छ ।

हुनतः सोही पार्टीमा नगर अध्यक्ष मनोज चौधरी र वडा नं. ७ का वडा अध्यक्ष जानकी राम समेत मेयर पदकै दावेदार रहेको दावी पनि गर्दैछन् ।

यसै विषयमा प्रदेश साँसद परमेश्वर साहसँग कुरा गर्दा उहाँले पार्टी मलाई मेयर पदकै टिकट दिएमा आफू साँसद पदबाट राजिनामा दिएर सो पदमा उम्मेदवारी दिन तयार रहेको बताएका छन् । उनले भने, ‘पद सानो वा ठूलो हुँदैन, पार्टीले कुन पदका लागि कसलाई उपर्युक्त सम्झिन्छ, पार्टीको निर्णयलाई आफू मान्नेछौं ।’

पार्टीमा लागेका व्यक्ति ठूलो हुँदैन, पार्टी ठूलो हुन्छ, पार्टीको निर्णय सबैलाई मान्नुपर्छ साँसद साहले भने, ‘मेयर पदका लागि आकांक्षी धेरै होला, म पनि छु, तर मलाई भनेर हुँदैन, पार्टीका अध्यक्षले कसलाई कति मूल्यांकन गर्छन, कसलाई उपर्युक्त सम्झिन्छ, कसलाई मेयर पदमा जित्ने सम्भावना देखिन्छ, त्यसलाई दिनुपर्छ ।

पार्टीले जसलाई पनि टिकट दिएमा आफूलाई आपत्ति छैन, मलाई दिन्छ, म लड्छु, अरुलाई दिन्छ त्यसलाई पनि सहयोग गर्छु । तर पार्टीको निर्णय सबैलाई मान्नुपर्छ ।’

तत्कालिन राष्टिूय जनता पार्टीबाट मलाई प्रदेश साँसदको टिकट दियो, पार्टीको सहयोग र आफ्नो व्यक्तित्वको कारणले साँसद पनि बने, साँसद साहले मेयर पदमा जित्ने सुनिश्चिता देखाउँदै भने, ‘लोसपाबाट जनकपुरधाम उपमहा नगरपालिकाका मेयर पदमा राम्रो उम्मेदवारलाई छनौट गरेमा मेयर पद लोसपाकै कोटामा आउँछ, लोसपाको संगठन पनि यहाँ राम्रो छ ।’