मधेशटप, चैत १ गते।

जनकपुरधाम । मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोहमा गर्दै उनले होली पर्व सामाजिक सद्भाव र भ्रातृत्वको सम्बन्धलाई प्रगाढ बनाउने पर्व भएकाले सबैले उत्साह र उमङ्गको पर्वका रूपमा मनाउनुपर्ने बताए।

होलीको नाममा विभिन्न किसिमका विकृति देखापरेको प्रति चिन्ता व्यक्त गर्दै उनले होलीमा हुने विकृतिजन्य कार्यलाई रोक्नुपर्ने बताए ।

होली पर्वले समाजमा रहेको भेद्भाव, कुरीति अन्त्य गरी सामाजिक सद्भाव कायम राखोस् भन्ने उनले शुभकामनासमेत व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामअशिष यादव र ज्ञानेन्द्रकुमार यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले शुभकामना दिएका थिए ।