जनकपुरधाम : मधेश प्रदेशका अर्थ मन्त्री एवंम् मधेश सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले एक कार्यक्रम बीच यस वर्षको होलि सबैको घरमा सुख शान्ति समृद्धि होस् बताएका छन।

राज्यको जनकपुरधाम उद्योग वाणीज्य संघद्वारा एतिहासिक रुपमा होलि मिलनको अवसरमा आचारसहिंता सार्वजनिक गरेका छन भने मन्त्री साह खुसी व्यक्त गरेका छन ।

जनकपुरधाम उद्योग बाणिज्य संघले होलीको अवसरमा जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोह र व्यवसायीहरुले पालना गर्नुपर्ने आचार सहिंता सार्वजानिकिकरणलाई सम्बोधन गर्दै मन्त्री साहले कुनै पनि पेशा व्यवस्थित र फलिभुत बनाउन अनुशासन र आचारसंहिता आफनै लागि पनि आवश्यक रहेको बताएका छन् ।

 

 

 

अर्थ मन्त्री साहले  आचारसहिंताले  सम्पुर्ण ब्यापारीलाइ पालनाको लागि जनचेतना मुलकको कार्यक्रमहरु राख्न मधेशमा मात्र नभई देश र विश्वमै आर्थिक तरलता रहेकाले व्यवसायीहरुको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहने आग्रह समेत गरेका छन् ।

सो कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मिथिलाको संस्कार, अनुशासन र शान्ती पुर्वक होली हुनुपर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले होलीको अवसरमा शुभकामना दिदै व्यापारीको समस्या र समाधानका लागि सबै क्षेत्रले पहल गरिदिए मात्र जनकपुरधामको बजार सन्तुलित र अपन्तव सहितको हुने बताएका थिए ।

सो कार्यक्रममा सांस्कृतीक कार्यक्रमको समेत आयोजनामा विजय मिडिया फाउन्डेसनका कालाकार र जनकपुरधामको दुई संचारकर्मीले गाएकी संगीत (शिव मठ पर राम खेले होलि) आफ्नो मधुर आवाजले कार्यक्रमलाई  होलिको माहोल झै राम्रो हुन्छ र होलिको शुभकामना समेत दिएका  थिए  ।

सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह सहितको सक्रिय सहभागिता थियो ।