जनकपुरधाम चैत्र ३ गते।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच जनकपुरधामको मनहरपुर गाउँमा नव निर्मित ग्रामीण पक्की सडकको समुदघाटन गरेका  छन।

सो अवसरमा प्रदेश सांसद रामअशिष यादवले मधेस प्रदेशको समृद्धिका लागि सडक पु्र्वाधार विकास निर्माण आवश्यक रहेको कुरा बताए ।

सो अवसरमा प्रदेश सांसद यादवले मनहरपुर गाउँ का जेष्ठ नागरिक हरुलाई सम्मान पनि गरेका छन्।

सो अवसरमा प्रदेश सांसद यादवले वाल बालिकाहरूलाई डटपेन र कापी प्रदान गरि सहभागी अभिभावकहरुलाई छोरा छोरीको पढाई ध्यान दिन आग्रह गरेका छन्।

ग्रामीण पक्की सडक निर्माण समितिका अध्यक्ष प्रदीप मंडल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जसपा नेपाल जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष विष्णु देव साह,जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वार्ड अध्यक्ष परमेश्वर यादव, नेकपा माओवादीका युवा नेता राम बृक्ष यादव, युवा नेता ललित मंडल,रामअशिष मंडल, राम उदगार साह, दिलिप साह सहित का वक्ता हरुले ग्रामीण पक्की सडक निर्माण ले मनहरपुर वासीहरुलाई जनकपुरधाम – खरिहानी मुख्य सडक सम्म आवतजावत गर्न ठूलो सहयोग भएको कुरा बताएका छन्।

प्रदेश सांसद यादवको संसदीय कोषबाट रु १५ लाखको लागतमा निर्माण गरिएको ग्रामीण पक्की सडक बाट स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको छ।