मधेशटप डेस्क,

जनकपुरधाम :  मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर् नगरपालिका वडा नम्बर ३ दोलाठी टुनामेन्ट युवा क्लबद्धारा संचालित दिपिएल टुनामेन्ट सुरु भएको छ ।

युवाहरूको चाहनालाई उतसाहित गर्दै खुशी जागरुक दोलाठी टुनामेन्ट युवा क्लबद्धारा डिपिएल  टुनामेन्टको आयोजना गरेको छ। महोत्तरी जिल्लाको रामगोपालपुर् नगरपालिका वडा नम्बर ३ दोलाठीमा सुरु भएको छ ।

होलि पर्वको अबसरको मध्य नजर गर्दै खेल संचालन गरेको हो। स्वास्थयको लागी खेलकुद मुलनाराको साथ कार्यक्रम आयोजना गरेको हो। टुनामेन्ट युवा क्लब दोलाठीले सामाजिक कार्यमा निकै भुमिका खेल्ने गरेको कल्बको अध्यक्ष मण्डलले  बताए।

नयाँ पुस्तालाई उकास्न संस्थाले अहम भुमिका खेलीरहेको अध्यक्ष मण्डलले बताए।

खेल संगै शारीरिक ब्याम पनि हुने गरेको खेल हामी सबै लाई खेल्नु पर्छ जोड दिनु भएको थियोे। प्रमुख अतिथि मधेश प्रदेशका  पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले पहिलो खेल खेल्दै उदघाटन गरेका थिए।

कुशवाहाले बाईटीङ्ग गरेका थिए भने नगरपालिका प्रमुख मण्डलले बलिङ्ग गर्दै खेलका उदघाटन गरेका थिए।

बिशिस्ट अतिथि रामगोपालपुरका नगर प्रमुख अशोक कुमार मण्डल  अतिथिहरुमा रामगोपालपुर् नगरपालिका वडा न. ४ का अध्यक्ष कारीकमख्या महतो, जसपा पार्टी महोत्तरी  जिल्ला सदस्य रविन्द्र सिंह, सुरेश यादव,जसपा पार्टी नेता सुनिल यादव, वडा न.६ र ९  का संयोजक विजय यादव, ८ का विपिन मण्डल,नेकपा मओवादी नगर सचिव रास विहारी मण्डल लगायतको उपस्थीती रहेको थियाे।

उक्त खेलमा जम्मा १६ वटा टिमले भागलिन नाम दर्ता गराएका छ्न। कार्यक्रममा प्रथम हुनेलाई आयोजक कल्बका निर्णय अनुसार पुरस्कार दिने निर्णय गरेका हुन्।

कार्यक्रममा पुर्व मन्त्री कुशवाहाले घोषणा गर्नु भयो की क्लबलाई छिटो भन्दा छिटो खेल सामग्री उपलब्ध गराउछु ।