सप्तरी । बसन्त ऋतुमा मनाइने नेपाली संस्कृतिको एउटा महत्त्वपूर्ण पर्व होलि हो।

हिन्दु पंचांग बमोजिम फागु मासको पुर्णिामा तिथिमा यो पर्व मनाइन्छ ।

नेपालमा भौगोलिक हिसाबले यो पर्व दुई दिन मनाउने गरिन्छ ।पहाडमा मनाइएको भोलिपल्ट तराईमा मनाइन्छ ।

नेकपा (एमाले )पोलिट्ब्युरो सदस्य तथा सप्तरीका प्रभावशाली मानिने नेता सुमनराज प्याकुरेलको अनुरोधमा आज एमाले सप्तरीका नेताकार्यकर्ताहरुले समेत हर्षोल्लासका साथ होलि मनाएका छ्न।सोही अवसरमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित राजविराज नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष बुचाई दास समेत एमाले प्रवेश गरेको छ।

खुशी र रंगको पर्व होलिले समाजिक सद्भाव र एकता प्रगाढ बनाउछ ।

यो पर्वमा संगित र रंगिबिरङी अबिर लगाइने गर्छन् ।यश अवसरमा एकताबद्ध रुपमा शुभकामना आदानप्रदान गरिन्छ ।

नेपाली संस्कृतिमा एक दिन अगावै पहाडे समुदायले होलि मनाइन्छ ।त्यसको भोलिपल्टै तराईवासीले होलि मनाउने परम्परा रहेको छ।एमालेका पोलिटब्युरो सदस्य प्याकुरेलको अनुरोधमा आज कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित फुलवारी पार्टी प्यालेसमा शुभकामना आदानप्रदान संगै रमाइलो होलि मनाएको हो।

 

 

सो पार्टीका गाउँदेखी केन्द्र तहसम्मका नेताकार्यकर्ताहरुले पर्व मनाइयो ।करिब तीन हजार भन्दा बढी नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सबैलाई नेता प्याकुरेलले अबिर लगाएर शुभकामना दिएका हुन।सो पार्टीका जनसंगठनमा आबद्ध नेताकार्यकर्ता तथा जिल्ला कमिटी,प्रदेश कमिटी र केन्द्र कमिटीका जिल्ला भित्रका नेताकार्यकर्ताहरु व्यापक उपस्थितिले प्यालेस भरिभराउ थियो ।

सो कार्यक्रम राजपाका राजविराज नगरपालिका १६ नम्बर वडाका अध्यक्ष बुचाई दासले एमाले प्रवेश गरेका हुन् ।सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय संकल्प एमाले को रहेकाले एमाले प्रवेश गरेको बताएका छ्न।

 

होलिले राराजनीतिक र समाजिक रुपमा एकताबद्ध गर्ने पर्वको रुपमा लिइन्छ ।

यसले राष्ट्रिय एकताको समेत प्रगाढ बनाउने मान्यता रहेको छ।

नेपाल जस्तो धार्मिक र सांस्कृतिक विविधता रहेको मुलुकमा होलि पर्वले एकताबद्ध गर्ने विश्वास आम नागरिकमा रहेको पाइन्छ ।