जनकपुरधाम : शुक्रबार अन्तरगृह परिक्रमा भएसंगै १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत् रुपमा सम्पन्न हुने भएको छ ।

मिथिला मध्यमा परिक्रमा यात्री बिहीवार १५ औं विश्राम स्थल जनकपुरधाम आइपुगेका थिए । धनुषाको मिथिला बिहारी नगरपालिका – ८ स्थित  मिथिला बिहारी मन्दिरबाट झाँकी र किर्तनसहित सुरू भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १५ औँ दिन जनकपुरधाम आएर  अन्तरगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।

प्रत्येक वर्ष फागुन शुक्लपक्ष  दिन देखि १५ दिन मिथिला मध्यमा परिक्रमा सुरू हुने चलन छ । परिक्रमा  १५ दिन सम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करूणा, बिसौल र फेरि कल्याणेश्वर सम्म पु¥याउने परम्परा रहेकोछ । उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पञ्चकोशी अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने गरेको परम्परा रही आएको छ ।

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १ सय ३३ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन् ।

श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा साधुसन्त तथा भक्तजनलाई निःशूल्क भोजन गराउने चलन पनि रहेकोछ । सो चलन अनुसार जनकपुरधामको शिव चोक,रामानन्द चोक,जनक चोक लगायतका ठाउँमा परिक्रमा यात्रीहरुका लागि विभिन्न संग संस्थाहरु द्वारा आयोजना गरेको  भोजन र स्वास्थ्य शिविरको समेत आयोजना गरिन्छ ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री  माता सीता सँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला मध्यमा परिक्रमा लाखौं  तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासंग भ्रमण गर्ने गर्दछन् ।

जनकपुरधाममा  निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थ यात्रीहरू लाई प्रदान गर्ने गरेका छन ।