जनकपुरधाम : मधेश प्रदेशका राजधानी जनकपुरधाम को विश्वकर्मा चोक  राती चार वटा पसलमा आगलागी हुँदा रु ४० लाख   बराबरको धनमाल क्षति भएको छ।

चिया  पसलमा राती  ग्यास सिलिन्डर लिक भएको कारणले  आगलागी हुँदा चारवटा पसलमा रहेको रु ४०  लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको  धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त रजौरेले बताए।

सोही पसलसँगै टाँसिएर रहेको मोटरसाइकल ग्यारेज, किराना गोदाम, पत्ता ग्लासको पसल, मसला मिल रहेको   भवनमा विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु ४० लाख बराबरको धनमाल क्षति भएको किराना ब्यवसायी संघ धनुषाको महसचिव दिपक गुप्ताको भनाइ थियो।

जनकपुरधाम उप – महानगरपालिकासँग रहेको  बारुणयन्त्र  र एउटा एसएसपी अफिसमा  रहेको  बारुणयन्त्र चालु अवस्थामा नरहेकोले  कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि आए , जनकपुरधाम उप -महानगरपालिकाको बारुणयन्त्र  १ घण्टामा आए पस्चात  नियन्त्रणमा लिइएको थियो। आगलागीमा कुनै प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।