जनकपुरधाम : कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउँदा धनुषामा एउटै विद्यालयका १० जना विद्यार्थी विरामी भएका छन् ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ७ स्थित मेरी गोल्ड सेकेण्ड्री बोर्डिंग स्कुलका १० जना विद्यार्थी सिशिक्त बिरामी परेका छन ।

उनीहरुलाई उपचारको लागि जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।

दस जना मध्ये चारजना बढी सिकिस्त छन् ।भने अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एका एक बेहोस् हुने जस्ता लक्षण उनीहरुमा देखिएको विद्यालयका शिक्षक इन्ददीप साहले बताए ।

विरामी पर्ने विद्यार्थीहरु ६ कक्षाभन्दा माथिका छन् । ‘आइतबार दिउँसो विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइएको थियो । सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए। ‘जस मध्ये १० जना बढी विरामी छन् । चारजनाको स्थानीय स्तरमै उपचार पश्चात घर फर्किसकेका छन् ।’

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरुलाई खोप लगाएका थिए ।