जनकपुरधाम। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका शीर्ष नेताहरू मधेश झर्न थालेका छन्। सोही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउन लागेका हुन्।

माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड जनकपुरधाम आउन लागेका हुन्। मंगलबार हुन लागेको प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

माओवादीका केन्द्रीय सदस्य प्रकाश पोखरेलले प्रशिक्षणअघि मंगलबार १२ बजे जनकपुरधामको ऐतिहासिक तिरहुत्तिया गाछीमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम छ भने अध्यक्ष प्रचण्डले मधेश प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको जानकारी दिए।

माओवादी अर्का केन्द्रीय सदस्य राजु खड्काले मधेश प्रदेशमा पार्टीलाई कसरी बढाउने भन्ने विषयमा छलफल समेत गरिने बताए। उनले प्रचण्डसँगै अर्का नेता नारायणकाजी श्रेष्ठसमेत आउने जनाए।