मधेशटप डेस्क, चैत्र ८ गते।

जनकपुरधाम। नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब छिटै बस्ने सांस्द बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका  मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले नागरिकता विधेयक पारित हुने बताएका छ्न ।

लामो समयदेखि नागरिकता विधेयक सांस्दमा रोकिएको छ ।

जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।