जनकपुरधाम, चैत्र ९ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बाट प्रदेश र स्थानीय सरकारको लागी हुन लागेको ओएनएममा दृष्टि विशेषज्ञहरुको लागी नयाँ दरबन्दी सृजना गर्ने बताएको छ ।

नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको सरकारी अस्पतालमा शुरु देखी नै आभाव देखिएकोले नयाँ ओएनएममा नयाँ दरवन्दी सृजन ागर्ने प्रतिबद्धता जनाएका छ्न ।

आँखा जस्तो सम्बेदनशिल क्षेत्रमा सरकारको ध्यान अहिले सम्म नपुग्नु दुखद रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकार मातहतको जिल्ला स्थित अस्पतालहरुका साथै स्थानीय तह मातहत रहेका अस्पतालहरुमा समेत नयाँ दरबन्दी सृजना गर्ने बताए।

नेपालमा रहेको करिब १२ सय दृष्टि विशेषज्ञहरु मध्ये मधेश प्रदेश मै करिब ४ सय संख्या रहेको हुँदा उहाँहरुको व्यवस्थापनको लागी प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको कथन रहेको  थियो ।

संघका मधेश प्रदेश अध्यक्ष लाल मोहम्मदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, स्वास्थ्य निर्देशक विजय झा सहितको सहभागिता रहेको थियो ।